Logo

विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य, जित्नै पर्ने दवावमा दुवै टिम



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पोखरालाई १४० रनको लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन जोड्यो ।

पोखराका लागि स्टक एडवार्डले ४५ रन बनाए । यस्तै लोकेश बमले २६, निकोलस किर्तनले १९ रन बनाए । यस्तै बसिर अहमदले २१ रन बनाए ।

बलिङतर्फ पोखराका सागर ढकाल र रेमोन रेइफरले २-२ विकेट लिए । यस्तै कुशल भुर्तेल र दिनेश खरेलले १-१ विकेट लिए ।

विराटनगर र पोखराबीचको प्रतिस्पर्धाबाट एनपीएलबाट बाहिरिने अर्को टोलीको टुंगो लाग्नेछ। यसअघि बुधबार लुम्बिनी लायन्स प्लेअफ नपुग्ने निश्चित भइसकेको छ।



प्रतिक्रिया दिनुहोस्