Logo

राजनीतिमा फर्किएका पूर्व उपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने प्रचण्डको तयारी, निर्णयका लागि बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय पेरिशडाँडामा दिउँसो ३ बजेका लागि बोलाईएको छ ।

बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिबारे छलफल हुँदैछ । माओवादी केन्द्रले पुस ३ गते केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको छ ।

आजको बैठकले सक्रिय राजनीतिमा फर्किएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई जिम्मेवारी दिनेबारे निर्णय गर्नेछ । विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा दुई कार्यकाल उपराष्ट्रपति रहेका पुन पछिल्ला दिनमा माओवादी केन्द्रको बैठकमा सहभागी हुन थालेका छन् ।

उपराष्ट्रपति हुनुअघि पार्टी स्थायी समिति रहेका पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सल्लाहमा राजनीतिमा फर्किएका पुनको जिम्मेवारी आज निर्धारण हुने माओवादीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्