काठमाडौं, २७ मंसिर । सुशासन, राजनीतिक स्थायित्व र संविधान संशोधनको एजेण्डा लिएर बनेको कांग्रेस–एमाले गठबन्धन सरकारको प्रगतिप्रति प्रधानमन्त्री केपी शर्मा ओली स्वयं सन्तुष्ट छैनन् । संसद्का दुई ठूला दल मिलेर बनेको सरकारप्रति जनता पनि सन्तुष्ट छैनन् । सरकारको कामकारबाहीप्रति जनता सन्तुष्ट छैनन् भन्ने कुरा प्रधानमन्त्री ओली सहभागी सार्वजनिक कार्यक्रममा भएको विरोधले पुष्टी गर्छ ।
यस्तो अवस्तामा प्रधानमन्त्री ओली आफ्नो टिम परिवर्तन गरेर काम गर्न चाहन्छन् । तर, सत्तारुढ दल कांग्रेसको अधिनमा रहनुपर्दा ओलीले स्वतन्त्र रुपले काम गर्न पाइरहेका छैनन् । कांग्रेसका अधिनमा रहनुपर्ने प्रधानमन्त्री ओलीको बाध्यता पनि छ । कांग्रेस बिच्किनेवित्तिकै सरकार ढल्ने निश्चित रहेको र नेकपा (माओवादी केन्द्र) ले शेरबहादुर देउवासँग लविङ गरिरहेको अवस्थामा चुपचाप रहेर सरकार टिकाउन ओली विवश छन् ।
प्रधानमन्त्री ओली आफ्ना टिममा भएका केही मन्त्रीहरु परिवर्तन गर्न चाहन्छन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको प्रस्ताव मानेका छैनन् । ‘कांग्रेस यसको तयारीमा छैन । प्रधानमन्त्रीले केही मन्त्रीहरु परिवर्तन गर्न चाहनु भएको छ । तर, कांग्रेसले त्यो विषयमा अहिले कुनै पनि कुरा सोचेको छैन,’– कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले भने ।
यो पनि पढ्नुहोस्ः ठूलै मन्त्रालय हाँकेका मन्त्रीहरूपनि फेर्ने प्रधानमन्त्री ओलीको तयारी