Logo

दुर्गा प्रसाईँलाई रिहा गर्न अदालतको आदेश



काठमाडौं, २७ मसिर । विद्युतीय अपराध कसुरमा थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ल अदालतका न्यायाधीश न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले प्रसाईँलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम यजिआटामा लगानी रहेको भनी भिडिओ सार्वजनिक गरेका थिए । सोही भिडिओलाई लिएर उनलाई प्रहरीले पक्राउ गरी विद्युतीय अपराधमा अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दायर भएपछि थुनछेक बहसको क्रममा उनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

प्रसाईँलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि उनी फेरि पनि पक्राउ पर्नेछन् । ‘प्रतिवादी दुर्गाप्रसाद प्रसाई प्रस्तुत मुद्दाको कसूरबाट छुटि जाने भएमा, वादी नेपाल सरकार प्रतिवादी हरिचन्द्र फुयल समेत भएको आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसूर मुद्दामा बयान लगायतको अनुसन्धान कार्य गर्नको लागि ब्यूरोमा उपस्थित गराई दिन हुन भन्ने तालुक नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, लाजिम्पाट काठमाण्डौंको च.नं.४६८५, मिति २०८९१।८।१८ गतेको पत्र माग बमोजिम प्रतिवादी दुर्गाप्रसाद प्रसाईलाई सो व्यूरोमा उपस्थित गराउने आदेश समेत गरि पाउन अनुरोध छ,’– प्रसाईँविरुद्ध काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्रमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्