Logo

त्रिभुवन विश्वविद्यालयका सबै नियुक्तिमा मेरिटोक्रेशी लागू गरिनुपर्छ, अर्को विकल्प नै छैनः स्ववियू सभापति ओझा



काठमाडौं, २८ मंसिर । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्यामराज ओझाले विश्वविद्यालयका सबै नियुक्तिहरुमा मेरिटोक्रेशी लागू गर्नुको अर्को विकल्प नरहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले. विश्वविद्यालयमा हुने नियुक्ति अब राजनीतिक भागबण्डाको आधारमा गर्न नदिइने बताएका हुन् । उनले डीन, डाइरेक्टर, क्याम्पस चिफ, विभागीय प्रमुखलगायतका नियुक्त मेरिटवेशमा गरिनुपर्ने बताए ।

त्रिविका कूलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नियुक्तिहरु मेरिटोक्रेशीको आधारमा हुनुपर्ने कुरालाई स्वीकार गरिसकेको उनले बताए । मेरिटोक्रेशीको आधारमा नियुक्ति नगर्ने हो भने विश्वविद्यायको भविष्यमाथि नै प्रश्न चिन्ह खडा हुने उनको भनाइ छ ।

‘अबदेखि विश्वविद्यालयमा राजनीतिक भागबन्डा होईन । एकेडेमिक एक्सिलेन्सको आधारमा मान्छेलाई नियुक्त गरिनुपर्छ । डीन, डाइरेक्टर, क्याम्पस चिफ, विभागीय प्रमुखहरुको नियुक्तिका लागि पनि मेरिट बेशमा नियुक्त गरिनुपर्छ । हामीले हिजोको सभामा पनि त्यही कुरा उठेको छ । प्रधानमन्त्रीज्यूले पनि मेरिटोक्रेशी अपनाउनुपर्छ भन्ने चाहीँ बोल्नु भएको छ । विश्वविद्यालयका सबै नियुक्तिहरुमा मेरिटोक्रेशी लागू हुन्छ । यो समयको माग हो । विश्वविद्यालय अब मेरिटोक्रेशीमा जानुको विकल्प छैन,’– उनले भने ।

हिजो (बिहीबार) त्रिवि सभा (सिनेट) बैठक आह्वान गरिएको थियो । सो बैठकमा कूलपति र सभाका सदस्यबीच भनाभनको अवस्था सिर्जना भएको थियो । त्रिवि सभाको अर्को बैठक आगामी पुस ७ गतेका लागि आह्वान गरिएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्