काठमाडौं । नेपाल प्रिमियर लिगमा चितवन राइनोजविरुद्ध ब्याटिङ थालेको विराटनगर किङ्सले खराब सुरुवात गरेको छ। विराटनगरले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो । भने दोस्रो ओभरमा अर्को विकेट गुमाएको छ ।
दोस्रो बलमै ओपनर लोकेश बमलाई गुमाएको विराटनगरले ४ रन गुमाएका दीपक बोहरालाई ४ रनमै गुमायो। दुवैलाई रिजन ढकालले बोल्ड आउट गरेका हुन्।
ओस्रो ओभरमा सोहेल तनभिरको बलमा स्कट एडवार्ड्स पनि शून्य रनमै आउट भए । टस जितेर विराटनगरले ब्याटिङको निर्णय लिएको हो । आजको खेल जिते चितवनको प्लेअफ सम्भावना बलियो हुनेछ। विराटनगरलाई भने अब जिते पनि प्लेअफ असम्भव जस्तै भइसकेको छ।