काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिगमा चितवन राइनोजले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित राखेको छ ।
आज भएको खेलमा काठमाडौंले विराटनगरमाथि झिनो अन्तरको जित निकालेपछि चितवनले तेस्रो स्थानमा रहँदै अन्तिम चारमा आफूलाई सुरक्षित राखेको हो । शनिबार भएको खेलमा चितवनले जनकपुर बोल्ट्समाथि रवाफिलो जित निकालेको थियो । सो जितसँगै प्लेअफ सम्भावना बलियो बनेको थियो ।
आज भएको खेलमा काठमाडौंले सानो अन्तरको जित निकाल्दा अन्तिम चारको लागि भोलिहुने खेलमा भर पर्नुपर्ने भएको छ ।सोमबार कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हुनेछ । उक्त खेलमा कर्णालीले फराकिलो हार ब्यहोरेमा रनरेटमा अघि हुँदा काठमाडौं अन्तिम चारमा पुग्नेछ भने झिनो हार अथवा जित निकालेमा कर्णाली अर्को चरणमा पुग्ने र काठमाडौं बाहिरिने हुनेछ ।
७ खेलबाट १० अकं जोडेको जनकपुर हाल शीर्ष स्थानमा रहँदा ५ खेलबाट ८ अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा छ भने चितवन तेस्रो र कर्णाली चौथो स्थानमा छ । दुवैको समान ८ अकं छ ।