Logo

पुस महिनाका लागि बाणिज्य बैंकहरुको व्याजदर सार्वजनिक



काठमाडौं, ३० मंसिर । बाणिज्य बैंकहरुले पुस महिनाको मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । पुस महिनाका लागि कूल २० वटा बाणिज्य बैंकमध्ये ३ वटा बाणिज्य बैंकले ब्याजदर घटाएका छन् । उक्त व्याजदर आगामी पुस १ गतेदेखि लागू हुने छ ।

त्यस्तै, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंकले व्याजदर बढाएका छन् । कृषि विकास बैंकले पुस महिनाको लागि ५.५७ प्रतिशत, प्राइम कमर्सियलले ६.२५ र एनएमबीले ६.६ प्रतिशत व्याजदर कायम गरेका छन् । मंसिर महिनाका लागि यी बैंकहरुको व्याजदर क्रमशः ५.५३६ प्रतिशत, ५.७५ प्रतिशत र ५.७५ प्रतिशत रहेको थियो ।

त्यस्तै, व्याजदर घटाउने बैंकहरुमा सानिमा, एनआईसी एसिया बैंक र नेपाल बैंक रहेका छन् । १४ वटा बाणिज्य बैंकले भने कार्तिक महिनाकै व्याजदरलाई निरन्तरता दिएका छन् ।

संसिर महिनाकै व्याजदरलाई निरन्तरता दिने बैंकहरुमा हिमालयन बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, नबिल बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट बैंक, स्टान्डर्ड चाटर्ड बैंक, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्