काठमाडौं, १ पुस । डा.निश्चलनाथ पाण्डेद्वारा लिखित पुस्तक ‘दक्षिण एसियाको प्रिन्ट मिडियामा कोभिडको प्रभाव’ विमोचन भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित समारोहबीच उक्त पुस्तक विमोचन गरिएको हो ।
डा.पाण्डेले कोभिडपछि दक्षिण एसियाको प्रिण्ट मिडियामा सेल्स घटेको, विज्ञापनमा कमी भएको, प्रिन्ट मिडियामा आवद्ध धेरै पत्रकारहरुको जागिर गएको र सोसल मिडियाको प्रयोग बढेको बताए । उनले अहिले दक्षिण एसियामा सोसल मिडियामार्फत फेक सूचनाहरु प्रवाह भइरहेको पनि बताए ।
पत्रकार अनिल गिरीले कोभिडपछि दक्षिण एसियाको प्रिन्ट मिडियामा आएको संकटको बारेमा सो पुस्तक लेखिएको उनले बताए । कोभिडपछि प्रिन्ट मिडियामा देखिएका समस्या, पत्रकारहरुको अवस्था, विज्ञापनको अवस्थालगायतका विषय पुस्तकमा समेटिएको उनले बताए ।
प्रिन्ट मिडियाले अहिले संसारमा सबैभन्दा ठूलो संकट भोगिरेहको पनि उनले बताए । अहिले सोसियल मिडिया फेसबुक, टिकटक, युट्यूवलगायतमा गलत सूचना प्रवाह भइरहेको पनि उनले बताए । पत्रकार गिरीले नेपालको प्रिन्ट मिडिया र त्यसका पाठकहरु घट्दो अवस्थामा रहेको बताए ।