Logo

सूर्य थापालाई धमलाको प्रश्न, ‘रवि लामिछानेलाई मात्रै थुन्ने प्रतिवेदन किन बनाउनुभयो ?’



काठमाडौं, २ पुस । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले सहकारी पीडित बचतकर्ताहरुले आजसम्म बचतफिर्ता नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आज (मंगलबार) सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीसँगको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले पीडित बचतकर्ताले रकम फिर्ता नपाएको र सरकारले पनि अहिलेसम्म त्यसतर्फ ध्यान नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

साथै, उनले सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदनले दोषी करार गरेकाहरुलाई अनुसन्धानको दायरामा नल्याइएको भन्दै आपत्ति जनाए । प्रतिवेदन केवल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई फसाउनमात्रै केन्द्रीत भएको हो कि जस्तो देखिएको पनि धमलाले बताए ।

‘रवि लामिछानेलाई मात्रै थुन्ने प्रतिवेदन किन बनाउनुभयो ? सरकारले जिबी राई समात्न सकेको खोई ? जिबी राईलाई समात्नुपर्दैन ? धनराज गुरुङलाई खोई समातेको ? ऋषिकेश पोखरेल खोई ?’ प्रश्न गर्दै धमलाले भने, ‘मलाई बताइदिनुस् यो प्रतिवेदनको मक्सद भनेको रवि लामिछानेलाई मात्रै फसाएर थुन्ने हो कि अरु क–कसलाई थुन्ने हो ? तपाईजस्तो मान्छेले किन षड्यन्त्र गर्नुभयो ?’



प्रतिक्रिया दिनुहोस्