Logo

गृहमन्त्री लेखकको रवि लामिछानेलक्षित प्रश्नः ‘लाखौं गरिब मान्छेको अर्बौं हिनामिना गर्ने, अनि मानवअधिकार उल्लंघन भयो भन्ने ?’



काठमाडौं, ३ पुस । गृहमन्त्री रमेश लेखकले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नभएको बताएका छन् । आज (बुधबार) नेपाल प्रेस युनियन रुपन्देहीले आज तिलोत्तमामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामिछानेलाई कुनै अमर्यादित व्यवहार नभएको र बरु रास्वपाले भीड जम्मा गरेर अवरोध गरेको बताए ।

गृहमन्त्री लेखकले मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेहरुले भीड जम्मा गरेर न्यायको कुरा सिकाउन नमिल्ने बताए ।

‘लाखौं गरिब मान्छेको अर्बौं रुपैयाँ हिनामिना गर्ने, ठगी गरेर अर्काको रकम खाइदिने अनि मानवअधिकार उल्लंघन भयो भन्ने ? उहाँ माथि कुनै अवाञ्छित गतिविधि भएको छैन,’– गृहमन्त्री लेखकले भने ।

गृहमन्त्री लेखकले सरकारले लामिछानेको मानवअधिकार हनन गर्यो भन्नु कुतर्क रहेको बताए । गृहमन्त्री लेखकले सहकारी ठगीका मुख्य योजनाकार भनिएका जीवी राईलाई सरकार खोजिरहेको र यसविषयमा गम्भीरतापूर्वक काम भइरहेको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्