Logo

फाइनल प्रवेशका लागि सुदूरविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर, अनिलको स्थानमा आकाशलाई मौका



काठमाडौं । नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि मैदनमा टस जितेर जनकपुरका मार्की आशिफशेखले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

जनकपुरको टिममा एक परिवर्तन भएको छ । कप्तान अनिल शाहको स्थानमा आकाश त्रिपाठी पहिलो रोजाईँमा आएका छन् । यू-१९ राष्ट्रिय टिमका ओपनर समेत रहेका आकाश एनपीएलमा पहिलो खेल खेल्दैछन् । सुदूरपश्चिम टिममा कुनै परिवर्तन भएको छैन ।

अनिल कुमार शाह घाइते भएसँगै जनकपुरको कप्तानी मार्की प्लेयर आशिफ शेखले गर्नेछन् । यो खेलमा जित निकाल्ने टोली फाइनल प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्