Logo

ज्योतिषी खतिवडाको भविष्यवाणीः ‘रवि लामिछाने जेल जाने पक्का छ’



काठमाडौं, ३ पुस । धार्मिक गुरु एवं ज्योतिषी पुस्कर खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेल जाने पक्का रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछानेको अहिले हिरासत मुक्त भइहाल्ने योग नरहेको दाबी गरेका हुन् । उनले आफूले यो भविष्यवाणी लामिछानेको कुण्डलीको आधारमा भनेको दाबी गरे ।

‘अहिलेको अवस्थामा मैले केवल कुण्डली विश्लेषण गरेर भन्दैगर्दा खेरी रवि लामिछानेलाई हिरासत मुक्त भएर स्वतन्त्र हुन निकै कठिन छ । कथङ्कदाचित् उहाँ हिरासत मुक्त भइहाल्नुभयो भने फेरिपनि उहाँको हिरासत वा जेलको योग पक्का बनेको छ,’– उनले भने, ‘अहिलेको अवस्थामा जेलनेल या मुद्दा मामिलाको घरको मालिक १०औं स्थानमा, कर्मस्थानमा गएर श्रापित बनेको कारणले गर्दा उहाँले गरेको कर्मले होस् या नगरेको कर्मले होस् उहाँलाई हिरासतबाट मुक्त हुन दिनेखालको योग तत्काल बनिराखेको छैन ।’



प्रतिक्रिया दिनुहोस्