काठमाडौं, ३ पुस । नेकपा (एमाले) रामेछापका १९ जना कार्यकर्ताले बागमती प्रदेश कमिटीको सल्लाहकार पद स्वीकार गरेका छन् । एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले रामेछापबाटै ३० जना सल्लाहकार बनाएका थिए । उनीहरुले अध्यक्ष ढुङ्गेलले बनाएको जम्बो सल्लाहकार टोलीमा बस्न अस्वीकार गरेका हुन् । अध्यक्ष ढुङ्गेलको गृहजिल्ला पनि रामेछाप नै हो ।
सल्लाहकार अस्वीकार गर्नेहरुमा केशर बुढाथोकी, टंक चौलागाईं, पाल्देन लामा, ज्ञानकुमार योञ्जन, प्रदीप योञ्जन, कुमार कार्की, कमल कडरिया, उद्धव कडरिया, पुष्प पौडेल जीवन्त, युवराज पाख्रिनलगायतका नेताहरु छन् ।