काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले दिएको ११९ रनको सामान्य लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले दुवै ओपनर गुमाएको छ।
जनकपुरका ओपनर शुभ कंसकार ३ रन जोडेर आउट भएका छन् । उनलाई बिपिन शर्माको दोस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले क्याच आउट गरे।
तेस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले आशिफ शेखलाई पनि आउट गरे। आसिफले ६ बलमा ४ रन मात्रै बनाए।
ताजा अवस्थामा जनकपुरले ४ ओभरको समाप्तीमा २ विकेट गुमाएर १६ रन जोडेको छ ।