Logo

रविलक्षित रञ्जिताको टिप्पणीः अहिले कारागारमा त धेरै सुख-सुविधा रहेछ



काठमाडौं, ४ मंसिर । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीले हालै सार्वजनिक भएको रवि लामिछानेको हिरासत बसाइको फोटो हेर्दा रेशम चौधरीमाथि अन्याय भएको महसुश भएको बताएकी छन् । उनले रेशम नेलसहित अस्पतालको बेडमा रहेको फोटो सार्वजनिक गर्दै ‘उहाँ यसरी बस्नु हुन्थ्यो, अहिले त धेरै सुख सुविधा हुने रहेछ कारागारमा’ भनेकी छन् ।

‘पूर्व गृहमन्त्री माननीय रवी ज्यूको फोटो भाइरल भैरहेको अवस्थामा हामीमाथी चाही विभेद भएकै हो जस्तो महसुस भयो । हाम्रो नागरीक उन्मुक्ती पार्टीको जन्मदाता त्यस समय उहाँ पनि जन निर्वाचित सासंद नै हुनुहुन्थ्यो,’– उनले भनेकी छन् ।



प्रतिक्रिया दिनुहोस्