Logo

सरिता तामाङको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेको अभियुक्त सार्वजनिक



काठमाडौं, ४ पुस । धादिङ जिल्ला, गजुरी गाउँपालिका–४ की १७ वर्षीय सरिता तामाङको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी– ३ का २४ वर्षीय विश्वास तामाङ रहेका छन् । गत मंसिर २९ गते रातिदेखि सरिता हराएको भनी उनका दाई नविनले हुलियासहित निवेदन दिएसँगै परिसर काठमाडौं तथा मातहत कार्यालयहरुबाट खोजतलास भएको थियो । सो क्रममा हिजो (बुधबार) दिउँसो ३ बजेतिर काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० सतुङगलस्थित आफ्नै कोठाको लो वेड मुनि सरिता मृत अवस्थामा फेला परेकी थिईन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको अनुसन्धान टोलीले घटनास्थलको अध्ययन, विश्लेषण तथा विभिन्न प्रविधिको प्रयोग गरी संलग्न व्यक्तिलाई खोजतलास गर्ने क्रममा काठमाडौं–१४ खड्कागाउँस्थित डेरागरी बस्ने विश्वास तामाङलाई पक्राउ गरेको हो । अभियुक्त विश्वास तामाङको साथबाट मृतक सरिताले प्रयोग गरेको मोबाइल फोनसमेत बरामद भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्