Logo

कर्णालीलाई पन्छाउँदै जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा प्रवेश, निशमको विस्फोटक ब्याटिङ



काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा पुगेको छ । जनकपुरले कर्णालीमाथि २ विकेटको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले ८ विकेटको क्षतिमा पूरा गर्दै सुदूरपश्चिमसँग उपाधि भिडन्त पक्का गरेको हो। जनकपुरका लागि जिमी निशमले ठुला शटहरू खेल्दै सर्वाधिक ४५ रन बनाए । मात्र १७ बलको सामना गरेका उनले २ चौका र ५ छक्का हिर्काउँदै टिमलाई फाइनलको यात्रामा डोहोर्याएका थिए ।

शेर मल्लले अविजित १६ रन जोड्दा हर्श थाकर १७, मयन यादव १४ र आकाश त्रिपाठी १३ रनमा आउट भए । कप्तान आसिफ शेख ४ रनमा आउट हुँदा शुभ कंसाकार ३ तथा लाहिरु मिलान्था २ र मोहमद मोहसिन १ रनमा आउट भए ।

बलिङमा कर्णालीका बिपिन खत्रीले सर्वाधिक ३ विकेट लिए  । अब जनकपुरले उपाधिका निम्ति सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

हारसँगै प्रतियोगितामा तेस्रो स्थान निश्चित गरेको कर्णालीले २५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्