Logo

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ हुँदै, न्यायाधीश सुवेदीद्धयको इजलासमा पेशी



काठमाडौं । व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाई हुँदैछ ।

सो निवेदन सर्वोच्चका न्यायाधीशद्धय सारंगा सुवेदी र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी परेको छ । यसअघि सुनिलकुमार पोखरेलको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो । प्रसाईलाई थुनामुक्त गर्न माग गर्दै गत साता उनका छोरा निराजन प्रसाईले सर्वोच्चमा निवेदन दिएका थिए ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेपछि पक्राउ परेका प्रसाईं ४० हजार धरौटी तिरेर रिहा भएका थिए । तर,लगत्तै उनी आपराधीक लाभ हानी सम्बन्धिको कसुरमा पक्राउ परेका थिए ।



प्रतिक्रिया दिनुहोस्