Logo

वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा नेपालले दियो बंगलादेशलाई ५५ रनको लक्ष्य



काठमाडौं । वर्षाका कारण ११ ओभरमा झारिएको नेपाल र बंगलादेशबीचको एसीसी महिला यू–१९ एसिया कपअन्तर्गत सुपर–४ को खेलमा नेपालले ५५ रनको लक्ष्य पेश गरेको छ ।

मलेसियाको बायुमास ओभलमा वर्षाले प्रभावित बनेपछि खेलको निर्धारित ओभर ११ मा झारिएको थियो । बंगलादेशविरुद्ध टस हारेर ब्याटिङमा आएको नेपालले ११ ओभरमा ७ विकेट गुमाएर ५४ रन जोड्न सक्यो ।

नेपालका लागि कुनै पन खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यस खेलमा बंगलादेशलाई हराउन सके नेपालले शीर्ष दुईमा स्थान बनाउनेछ । वर्षाका कारण एक÷एक अंक बाँडे बंगलादेश रनरेटका आधारमा शीर्ष दुईमा पुग्नेछ ।

यसअघि नेपाल समूह ‘बी’को उपविजेता तथा बंगलादेश समूह ‘ए’को विजेताका रूपमा सुपर फोरमा प्रवेश गरेका हुन् । सुपर फोरको पहिलो खेल पनि वर्षका कारण रद्द हुँदा नेपालले श्रीलंकासँग अंक बाँडेको थियो । बंगलादेश भने भारतसँग आठ विकेटले पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्