काठमाडौं । नेकपा एकीकृत समाजवादीले सातै प्रदेशमा इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । हालै सम्पन्न पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार इन्चार्ज र सहइन्चार्ज तोकिएका हुन् ।
जसअनुसार कोशी प्रदेशमा राजेन्द्र राईले इन्चार्जको जिम्मा पाएका छन् भने बलदेव चौधरी, धर्म निरौला
भवानीप्रसाद खापुङ, महेश रेग्मी, राजन राई, केशवकुमार विष्ट, खिनु लबवा लिम्बू, जीवन राई र विद्या चाम्लिङले सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।
पार्टीका उपाध्यक्षसमेत रहेका धर्मनाथप्रसाद साहले मधेशको इञ्चार्जको जिम्मा पाउँदा नागेन्द्र चौधरी, लक्ष्मण पौडेल, शत्रुधन महतो, दिनेश राई , सरला यादव र सुधिर शाह, उषा पोख्रेल, बेची लुंगेली र रत्नेश्वर गोइत यादवले सहइन्चार्जको जिम्मा पाएका छन ।
पूर्वमन्त्री डा गंगालाल तुलाधर बागमतीको इन्चार्ज बनेका छन् । जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, गंगाप्रसाद नेपाल, गुरुप्रसाद बुर्लाकोटी, वसन्त मानन्धर, राजेन्द्र लोहनी, शिव भण्डारी, टोकबहादुर वाइबा, भगवती नेपाल, लक्ष्मण लम्साल, विदुर सापकोटा, सुदेश पराजुली सहइन्चार्ज बनेका छन् ।
गण्डकीमा श्रीनाथ बराल इञ्चार्ज तथा दिलकुमारी पन्त, धनराज आचार्य, रत्नकुमारी गुरुङ र शर्मिला पौडेल क्षेत्री सहइन्चार्ज बनेका छन् । मेटमणि चौधरी लुम्बिनीको इञ्चार्ज बन्दा सोमप्रसाद पाण्डे, अब्दुल हुसेन खाँ, अशोक कोइराला, इ.नन्दलाल बञ्जाडे र रमा घर्तीले सहइन्चार्जको जिम्मा पाए ।
चन्द्रबहादुर शाही कर्णालीको इञ्चार्ज हुँदा शेरबहादुर केसी, अम्मरबहादुर थापा, हस्तबहादुर शाही, नन्दा चपाईँ र लोकबहादुर डाँगी सहइन्चार्ज भएका छन् । भानुभक्त जोशीले सुदूरपश्चिमको इन्चार्जको जिम्मा पाउँदा शेरबहादुर कुवँर, हर्कबहादुर सिंह, चुनकुमारी चौधरी, दिर्घबहादुर सोडारी, नरेशकुमार शाही, प्रकाश रावल, विरेन्द्र भण्डारी हिक्मतबहादुर शाही, दिनेशचन्द्र सुवेदी र हनुमान चौधरी सहइन्चार्ज बनेका छन् ।