Logo

आफ्नो कार्यकालमा खेल क्षेत्रमा कायापलट भएको मन्त्री चौधरीको दाबी, ३ वर्षभित्र मुलपानी रङ्गशाला बनाउने प्रतिवद्धता



काठमाडौं, ७ पुस । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा खेलकुदको क्षेत्रमा कायापलट भएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले आफ्नो कार्यकालमा नेपालको इतिहासमा पाराओलम्पिकदेखि एनपीएलसम्मका खेल भएको र त्यसले नेपाल र नेपालीहरुमा उत्साह र उमंग थपेको बताए ।

उनले वर्तमान सरकारले खेलक्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले वर्तमान सरकारले ३ सय दिनभित्रमा र्कीतिपूर रङ्गशाला बनाउने घोषणा गरेको र त्यसको लागि टेन्डरसमेत भइसकेको बताए ।

उनले आगामी आर्थिक वर्षको बजेटमा खेल क्षेत्रमा बढिभन्दा बढी बजेट विनियोजना गराउन आफू लागिपर्ने र प्रधानमन्त्री केपी शर्मा ओली पनि यस कुरामा सकारात्मक रहेको उनले बताए ।

साथै, उनले चितवनको रङ्गशाला, मुलपानी क्रिकेट रङ्गशालालगायतको काम तीब्र गतिमा अगाडि बढ्ने बताए । उनले मुलपानी रङ्गशाला आगामी ३ वर्षभित्र नै सम्पन्न हुनेगरी तयारी थालिने पनि बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्