Logo

छविको बयान आज सकिएन, रविको पालो कहिले ?



काठमाडौं, ८ पुस । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका प्रतिवादीहरुको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले प्रतिवादीहरुविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा दायर गरेसँगै आजबाट बयानको प्रक्रिया सुरु भएको हो । आज गोर्खा मिडिया नेटवर्ककका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीको बयान भएको छ । जोशीको बयान बाँकी नै रहेको र भोलिपनि उनीसँग बयान लिइने बताइएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा उनीहरुको बयान चलिरहेको छ । आज बयायनका लागि छवि, रवि लामिछानेसहित ५ जनालाई अदालतमा उपस्थित गराइएको थियो । जोशीको बयान सकिएपछि अन्य चार जनाको बयान हुने छ । न्यायाधीश राईकै इजलासमा सहकारी ठगीका आरोपितहरुको थुनथेक बहस हुनेछ । बयान सकिनमात्रै ३÷४ दिन लाग्न सक्ने बताइएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि, छविसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । सहकारी ठगीको मुख्य नाइके मानिएका जिबी राई भने हालसम्म फारर छन् । प्रतिवादी छविलाल जोशीले आफूले सहकारीको एक पैसा पनि नलिएको बयानका क्रममा बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्