काठमाडौं, ८ पुस । कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेको फोटो सार्वजनिक गरेसँगै पक्राउ परेका डा.निकोलस भुसाल रिहा भएका छन् । हिजो काठमाडौंको थलीबाट पक्राउ परेका डा.भुसाललाई आज पोखरा लगिएको थियो । तर, कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएपछि उनी रिहा भएका हुन् ।
अब हिरासत बाहिर नै रहेर उनीमाथि अनुुसन्धान अगाडि बढ्ने बताइएको छ । कास्की प्रहरीले उनीमाथि साइबर क्राइम मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।