Logo

रवि लामिछाने पुर्पक्षका लागि थुनामा जानेमा सत्तारुढ दल एमालेका नेता बस्नेत शतप्रतिशत ढुक्क (भिडिओसहित)



काठमाडौं, ९ पुस । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पुर्पक्षका लागि थुनामा जाने दाबी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगीमा रविको भन्दा कम संलग्नता देखिएकाहरु पुर्पक्षका लागि थुनामा गएको बताए । उनले लामिछानेले थुनाबाहिर बसेर यो मुद्दा लड्न पाउने सम्भावना नै नरहेको बताए ।

‘अब रविजीलाई थुन्ने कि नथुन्ने भन्नेबाट सुरु होला । म चाहीँ रविजीलाई पुर्पक्षका लागि थुन्छ भन्ने कुरामा एक सय होईन हजार प्रतिशत विश्वस्त छु । किनभने सहकारी ठगी प्रकरणमा रविजी भन्दा धेरै कम दोष देखिएकाहरु पुर्पक्षमा भएका छन् । रविजी पुर्पक्षमा जान्छन् भन्ने कुरामा म शतप्रतिशत विश्वस्त छु्,’– उनले भने ।

रविले बीबीसी र सीआईएनको लेभलमा टेलिभिजनलाई पुर्याउँछु, सहकारीबाट ठगेर ल्याएको पैसा पाँच वर्षभित्र तीन गुणा बनाइदिन्छु भनेर गितेन्द्रबाबु राई र पूर्व डिआईजी छविलाल जोशीलाई भुलभुलैमा पारेको नेता बस्नेतको दाबी छ । रवि लामिछाने पनि अब राजनीतिक रुपमा इतिहासको पात्र बन्ने उनको दाबी छ । लामिछाने सहकारी ठगी, सम्पत्ति सुद्धीकरण र संगठित अपराध तीनवटै मुद्दामा दोषी देखिने र उनको राजनीतिक, सामाजिक जीवन बाँकी नरहने नेता बस्नेतको जिकिर छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्