Logo

एक–अर्काविरुद्ध रिट हालेका राष्ट्रपति चुरे-तराई मधेश संरक्षण समितिका दुवै सदस्य बर्खास्त



काठमाडौं । राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिका दुई जना सदस्य बर्खास्त भएका छन् । उच्च अदालत पाटनको आदेशले समितिका सदस्यद्धय शसिकुमार शर्मा र भेषराज आचार्य बर्खास्त भएका हुन् ।

गत पुस ३ गते दुवैले एक–अर्काविरुद्ध हालेका रिटको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश सुदर्शनदेव पाण्डे र टीकाराम आचार्यको संयुक्त इजलासले दुवै जना विकास समिति सदस्य हुन अयोग्य रहेको फैसला गरेको हो ।

०७७ सालमा तत्कालीन प्रधानमन्त्ती केपी शर्मा ओलीको पालामा उनीहरु सदस्य नियुक्त् भएका थिए । तर, उनीहरु सदस्यका लागि अयोग्य रहेको भन्दै उजुरीसमेत परेको थियो । आचार्य र शर्मा दुवैले समितिका अध्यक्ष किरण पौडेलमाथि तथानाम गाली गर्दै आएका थिए । अदालतको आदेशले बर्खास्तमा परेपनि दुवै जना कार्यालयमा भने गइरहेको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्