Logo

प्रश्न गर्ने नेतामाथि ओलीले दण्डा बर्साएपछि के भन्छन् पाण्डे र तिमल्सेना ?



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको ६ महिने निलम्बनमा परेका नेतृद्धय विन्दा पाण्डे र उषाकिरण तिम्सिनाले आफूहरुविरुद्धको कारबाहीप्रति प्रतिक्रिया दिएका छन् ।

बुधबार बसेको पार्टी सचिवालय बैठकले पूर्व उाध्यक्ष डा भीम रावलको सदस्यता खोस्ने निर्णय गर्दै पाण्डे र तिम्लसेनालाई ६ महिना निलम्बन गनेृ निर्णय गरेको थियो । सो निर्णयको बेला पार्टी कामकै लागि नुवाकोटमा रहेकी केन्द्रीय सदस्य तिम्लसेनाले ‘पञ्चायत विरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुने’ भनेकी छन् ।

‘यता ६ महिना निलम्बनको निर्णय भएछ । पञ्चायतविरुद्ध लडेर आउनुभएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नुभएको भए हुन्थ्यो ’उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं। १ अन्तरगत शिवपुरी गाँउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम थियो, उक्त कार्यक्रम सकेर भर्खर घर आईपुगेको छु’ उनले अगाडि लेखेकी छन्, ‘तल्लो तहका आम कार्यकर्ता, तिनको लगाव, मेहनत र चासोको अगाध माया लाग्छ ।’

यता पाण्डेले भने नेताहरुले आफूहरुलाई ६ महिनाका लागि बिदा दिएको टिप्पणी गरेकी छन् । ‘हामी पार्टीको काममा थियौं । नेताले ६ महिना बिदा दिएको सुने । यो अवधिलाई रचनात्मक र सृजनात्मक रूपमा प्रयोग गर्नुपर्छ। यहाँ हरूबाट सुझावहरू प्राप्त गरौं’ उनले भनेकी छन् ।

व्यवसायी मीनबहादुर गुरुङले दिएको कीर्तिपुरको जग्गामा एमाले पार्टी कार्यालय बनाउन शिलान्यास गरिएपछि पाण्डे र तिमल्सेनाले पाँच लाख कार्यकर्ताको अपमान हुने भन्दै निर्णय फिर्ता लिन सुझाव दिएका थिए। त्यसपछि एमालेले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

कात्तिक ४ गते उनीसहित पूर्वउपाध्यक्ष भीम रावल र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनासँग पनि एमालेले स्पष्टीकरण सोधेको थियो। बुधबार तीनै नेता कारबाही भोग्नेमा परेका हुन्।



प्रतिक्रिया दिनुहोस्