Logo

लिपुलेकबारे भारत र चीनले गरेको सहमतिप्रति गोकुल बास्कोटा- साँच्चै हो भने यो हेप्ने कुरा भयो



काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतबाट कैलाश मनोसरोवार यात्रा फेरि सुरुवात गर्ने बारे भारत र चीनबीच सहमति भएपछि नेपालमा खैलाबैला मच्चिएको छ ।

भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबिच डिसेम्बर १८ मा चीनको बेइजिङमा भएको छलफलमा भारतबाट कैलाश मनोसरोवार यात्रा फेरि सुरुवात गर्ने सहमति भएको थियो । नेपालको भूमिबारे नेपाललाई नै थाहा नदिई दुई देशले गरेको सहमतिबारे नेपालमा पनि विभिन्न प्रश्न उठ्न थालेका छन् ।

भारत र चीनबीचको सहमतिप्रति सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले साँचै त्यस्तो भएको भए नेपाललाई हेप्ने काम भएको टिप्पणी गरेका छन् ।

‘शक्ति र स्वार्थको सामु सम्बन्धको वर्लिनवाल सजिलै ढल्दो रहेछ। लिपुलेक भारत र चीनले नेपाललाई वास्तै नगरी प्रयोग गर्ने सहमति गरेको खबर साँचो हो भने यो नेपाललाई हेप्ने र मिच्ने कुरा भयो’, बाँस्कोटाले लेखेका छन्, ‘हात्तीहरु जुध्दा पनि पिरती लाउँदा पनि हामी नै पेलिनु पर्नेरु सम्प्रभुता साना–ठूला सबै देशको बराबर।’

भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेअनुसार कोरोना महामारीका कारण सन् २०२० देखि रोकिएको कैलाश-मानसरोवर तीर्थयात्रु आवागमनलाई पुनः निरन्तरता दिने सहमति दुई देशबीच भएको हो।



प्रतिक्रिया दिनुहोस्