काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिका वडा नं ३ का अध्यक्ष नन्दलाल महतोको निधन भएको ६९ वर्षिय महतोको आज उपचारको क्रममा निधन भएको हो ।
क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो ।
बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । उनको निधनप्रति गाउँपालिका र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विज्ञप्ति जारी गर्दै दुख व्यक्त गरेका छन् ।
भारतको दिल्लीमा उपचार गराएर घर फर्किएका महतोलाई पुनः स्वास्थ्य समस्या बढ्न थालेपछि एक महिनाअघि भरतपुर लगिएको थियो।
महतो २०७४ र २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा लगातार दुई पटक कांग्रेसबाट बसबरिया ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी २०५४ सालमा तत्कालिन भवानीपुर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। । उनको निधनमा आज पालिकाभर शोक बिदा दिईएको छ ।