काठमाडौं । मोरङको बूढीगंगा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा नियुक्त शुभाषश्री पोखरेलले शपथ लिएका छन् ।
विश्वविद्यालयका कुलपति तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दुहबी-५ निवासी पोखरेललाई उपकुलपति नियुक्त गरेका थिए ।
उनको शपथ कार्यक्रम पनि आजै भएको मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएको छ । मनमोहन प्राविधिक विश्वविद्यालय कोशी प्रदेश सरकारले २०७६ सालमा स्थापना गरेको नेपालको पहिलो प्राविधिक विश्वविद्यालय हो ।
प्राविधिक शिक्षालाई गुणस्तरीय, प्रगतिशील तथा जीवनोपयोगी बनाउने मनमोहन स्मृति पोलिटेक्निको उच्चतम आदर्शलाई आत्मसात गर्दै त्यसैको पूर्वाधारमा मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना भएको हो ।