काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको दुई वपटा विभागमा १० १० जना सदस्य मनोनीत गरेका छन् ।
कांग्रेसको विधान, २०१७ को धारा २५ बमोजिम पार्टीका केन्द्रीय सदस्य गोविन्दराज पोखरेल प्रमुख रहेको आर्थिक नीति तथा योजना विभागमा विनय कुसियत, रश्मी राजभण्डारी,सुदन ओली, ईशा घर्ती, रेवतबहादुर कार्की, प्रताप छत्कुली, राजेन्द्र बीर चन्द,अमरबहादुर रोकाय, राजकुमार त्रिपाठी (आरके) र होमप्रसाद घिमिरे नियुक्त भएका छन् ।
त्यस्तै डा चन्द्रमोहन यादव प्रमुख रहेका कांग्रेस स्वास्थ्य विभागमा डा लक्ष्मीराज पाठक,डा मुक्तिराम श्रेष्ठ, डा. अनिलकुमार झा, डा सुमन कर्माचार्य, डा सुशीलनाथ प्याकुरेल, श्यामचन्द्र यादव, ईश्वर कार्की, विष्णुप्रसाद भट्टराई, पुजा फुयाल र वुधिसरा सुनुवार, मनोनीत भएको कांग्रेसले जनाएको छ ।