Logo

कांग्रेसको सयदिने अभियानको म्याद थप



काठमाडौं, ११ पुस । नेपाली कांग्रेसले सांगठनिक गतिविधि प्रभावकारी बनाउन सुरु गरेको सयदिने अभियानको म्याद थप गरेको छ । केही जिल्लाहरुमा प्राकृतिक प्रकोपको असर, स्थानीय तह उपचुनावलगायतका कारणले अभियानका क्रममा गरिनुपर्ने कार्यसम्पादन पुरा नभएको भन्दै म्याद थप गरिएको हो । यसअघि पुस १६ मा समापन हुने भनिएको सो सयदिने अभियानको समयावधि माघ १६ गतेसम्मका लागि तोकिएको छ ।

कांग्रेसले निर्धारित अवधिभित्रै तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबैलाई सांगठनिक रूपले गर्न÷गराउन निर्धारित सबै कार्यहरू व्यवस्थित रूपले अघि बढाउन निर्देशानसमेत गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन२३ देखि भाद्र १६ सम्म बसेको बैठकको निर्णयअनुसार अभियान सञ्चालन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्