काठमाडौं । सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले संसद्मा गठन गरेको संयुक्त कार्यदलको बैठक जारी छ। संसद भवनस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बैठक बसिरहेको हो ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका नेताहरूको बैठकले कार्यदल गठन गरेको थियो । कार्यदलमा दुवै दलका संसदीय विभाग प्रमुख, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका प्रमुख सचेतक रहेका थिए ।
बानेश्वरमा जारी बैठकमा एमाले संसदीय विभाग प्रमुखसमेत रहेका सचिव योगेश भट्टराईसहित मूख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बराल र राष्ट्रिय सभामा प्रमुख सचेतक रहेकी भगवती न्यौपाने सहभागी छन् भने नेपाली कांग्रेसबाट संसदीय विभाग प्रमुख जीवन परियारसहित प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङ र राष्ट्रिय सभामा प्रमुख सचेतक कृष्णबहादुर रोकाय उपस्थित छन् ।
यसअघि सरकार सञ्चालन र व्यवस्थित गर्न भन्दै कांग्रेस एमालेले ८ सदस्यीय कार्यदल गठन गरेका थिए । उनीहरुले ती कार्यदल केही प्रदेश र जिल्ला स्तरमा समेत बिस्तार गर्दै आएका छन् ।