काठमाडौं, ११ पुस । गैंडाको खाँग तस्करीमा संलग्न रहेको आरोपमा हेटौँडाबाट एक जना पक्राउ पक्राउ परेका छन् । नेपाली सेनाले हवाइ फायर गरी एक जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा रहेका व्यक्तिको परिचय गोप्य राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिनेश श्रेष्ठ र राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका श्री नयाँ गोरख गणका उपसेनानी दीपक बाँस्कोटासहितको टोलीले खाँग तस्करी गर्ने व्यक्तिलाई हेटौँडा उपमहानगरपालिका–८ स्थित गर्दोईबाट नियन्त्रणमा लिएको हो । ती व्यक्तिलाई नियन्त्रणमा लिन सेनाले ५ राउन्ड हवाइ फायर गरेको बताइएको छ ।