Logo

नागरिकसँग नजिकिँदै पूर्वराजा



काठमाडौं, १२ पुुस । पूर्वराजा ज्ञानेन्द्र शाहले राजधानीको एक शैलुनमा कपाल काटेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । पूर्वराजा ज्ञानेन्द्र केही दिनअघि साधरण शैलुनमा गएर आफ्नो कपाल काटेका थिए ।

उनले काठमाडौंकै ‘श्रीकृष्ण शैलुन’ मा कपाल काटेका थिए । पूर्वराजा शाह पछिल्लो समय निकै सक्रिय छन् । उनी देशका विभिन्न क्षेत्रमा पुगेर शक्ति पिठहरुको पुजा आरधनामा व्यस्त छन् । उनी पुगेका ठाउँहरुका नागरिकको बाक्लो उपस्थिति देख्न सकिन्छ । नागरिकमा दलहरुप्रति बढ्दो असन्तुष्टि बुझेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो सकृयता बढाएका छन् । उनी आजकाल नागरिकसँग नजिकिएका छन् ।



प्रतिक्रिया दिनुहोस्