Logo

रास्वपा सचिवालय बैठकः कार्यवाहक सभापति अर्यालले गरे आयोग र विभागमा मनोनयन



काठमाडौं, १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोग र केन्द्रीय संगठन विभागमा सदस्यहरु मनोनयन गरेको छ । कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैडकले केन्द्रीय अनुशासन आयोगको सदस्यमा अधिवक्ताद्वय कमल प्रसाद पोखरेल (नवलपरासी) र हरिचन्द्र भट्टराई (ताप्लेजुङ) लाई मनोनयन गरेको हो ।

त्यस्तै, केन्द्रीय संगठन विभागको सदस्यमा धर्म केसी (लम्जुङ), गोपाल घिमिरे (रुपन्देही) र डा.विमल तिवारी (सिराह) लाई मनोनयन गरिएको छ ।

बैठकमा कार्यवाहक सभापति अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गरेका थिए । सो अवसरमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेश गरिएको थियो । रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आगामी पुस १९, २० र २१ गते बस्ने निर्णयसमेत भएको छ ।

अर्यालले कार्यवाहकको जिम्मेवारी पाएपछि रास्वपाको यो पहिलो बैठक हो । यस बैठकलाई विशेष रुपमा हेरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्