धनगढी, १३ पुष । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवम् परराष्ट्रमन्त्री डा.आरजु राणाले आफूलाई मन्त्री हुन्छु भन्ने नलागेको भएपनि बाईचान्स मन्त्री भएको खुलासा गरेकी छिन् । रुडुकले जलवायु परिवर्तनले महिला, युवा र बालबालिकामा पार्ने असरको बारेमा आयोजना गरेको ‘सूदुरपश्चिम डायलग’ लाई सम्बोधन गदै उनले यस्तो बताएकी हुन् ।
उनले उक्त डायलग एक वर्षअघिदेखि नै आयोजना गर्ने योजना रहेको भएपनि विभिन्न कारणले पर धकेलिएर आज भएको सुनाउने क्रममा उनले आफू मन्त्री हुन्छु भन्ने नसोचेको बताएकी हुन् ।
उनले भनिन्–‘म अहिले बाईचान्स मन्त्री भएँ, यो प्लानिङ गर्दा म मन्त्री हुने कुनै प्लानपनि थिएन र म हुन्छु भन्ने मलाई लागेको पनि थिएन ।’ यसअघिको कार्यक्रममा उनले आफू कैलालीबाटै चुनाव लड्ने घोषणा गरेकी थिईन । यसअघि पराजित भएकै क्षेत्रबाट आफू पूनः चुनाव लड्ने उनको घोषणा छ । File Photo/RN