काठमाडौं, १३ पुस । नेपाल तरुण दलको २०८१ संशोधित विधान नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गरी सहमहामन्त्री एवं नेपाल तरुण दल महाधिवेशन निर्देशन समिति संयोजक महालक्ष्मी उपाध्याय (डीना र समितिको सदस्य नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंङ बस्नेतले अध्यक्ष विद्वान गुरुङलाई हस्तान्तरण गरेका छन् । तरुण दलको पाचौं महाधिवेशनको कार्यतालिका पनि नेपाल तरुण दल तदर्थ केन्द्रीय कार्यसमितिले तय गरिसकेको छ ।
तरुण दलको जिल्ला अधिवेशन गराउनका लागि जिम्मेवारी पनि तोकेको छ । अधिवेशन गराउन बाँकी २१ जिल्लाहरुमा जिम्मेवारी तोकिएको हो । महाधिवेशन निर्देशक समितिको निर्णयअनुसार जिल्ला कार्यसमितिको अध्यक्षसमेत जिम्मेवारीमा रहेका व्यक्तीहरुलाई नै संयोजनको पूर्ण जिम्मेवारी प्रदान गरी जिम्मेवारी तोकिएको छ ।
धादिङमा गोपाल विश्वकर्मा, कांस्कीमा मनोज गुरुङ, काठमाडौंमा कृष्णजी खड्का, कपिलवस्तुमा खुमबहादुर सिंह ठकुरी (शक्ति), संखुवासभामा टकमान घले, तेह्रथुममा विपिन लिम्बु, सोलुखुम्बुमा अशोककुमार झा, महोत्तरीमा विनयकुमार यादव, दोलखामा दावा साङ्गे शेर्पालाई संयोजनको पूर्ण जिम्मेवारी प्रदान गरिएको छ ।
त्यसैगरी, मकवानपुरमा ईश्वर पाठक, बझाङमा विष्णु ऐडी, जाजरकोटमा हरिश्चन्द्र बस्नेत, गुल्मीमा भरत मगर, बागलुङमा उमाकान्त शर्मा, भक्तपुरमा राजु थापा, सुर्खेतमा हरि विष्ट, रसुवामा दिलबहादुर मोक्तान, जुम्लामा दिपेन्द्र हमाल, घनकुटामा युवराज पराजुली, सिराहमा शरदराज शाही र उदयपुरमा रविन्द्र खड्कालाई जिल्ला महाधिवेशन गराउने जिम्मेवारी प्रदान गरिएको छ ।