Logo

मोहन वैद्यको स्वास्थ्य स्थिर



काठमाडौं । गत बिहीबारदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको छ । उक्त पार्टीले एक विज्ञप्ति जारी गर्दै वैद्यको स्वास्थ्य स्थिर रहेको जानकारी गराएको छ ।

वैद्य बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकहरूले भर्ना गरेरै उपचार गर्नुपर्ने भनेपछि उनलाई भर्ना गरिएको थियो ।

गत महिना आयोजित एकता महाधिवेशनका बेला पनि स्वास्थ्यमा समस्या देखिएपछि वैद्य पूरै समय बन्दसत्रमा बस्न सकेका थिएनन् ।



प्रतिक्रिया दिनुहोस्