Logo

भौतिक पूर्वाधारमन्त्री दाहालका सल्लाहकार राई प्रतिनिधि सभाको सचिवमा सिफारिस



काठमाडौं । तत्कालीन सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको प्रतिनिधि सभाको सचिवमा हर्कराज सिफारिस भएका छन् ।

सभामुख देवराज घिमिरेले झापाको शिवसताक्षी गाउँपालिका वडा नम्बर २ का राईलाई आइतबार प्रतिनिधि सभा सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्।

राई अहिले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार छन्। सचिवमा नियुक्त भएको ५ महिनामा नै अधिकारीले राजीनामा दिएपछि २ महिनादेखि प्रतिनिधिसभा सचिव पद रिक्त छ ।  राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्