काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ । आइतबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा नेपालीको नाम सर्वसम्मत रुपमा अनुमोदन भएको हो ।
श्रीलंकाको लागि राजदूतमा यसअघि रामकृष्ण भट्टराईको नाम सिफारिस भएको थियो । तर,उनीसँग स्नातक पासको सर्टिपिकेट नभएपछि समितिबाट अस्वीकृत भएका थिए । भट्टराई र नेपाली दुवै नेपाली कांग्रेसनिकट हुन् ।
मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो । त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापकमा कार्यरत नेपालीलाई सरकारले श्रीलंकाको राजदूतमा सिफारिस गरेको हो ।