Logo

सरकारी हेलिकोप्टर चढेर पार्टीको कार्यक्रममा पुगेका ओलीलाई पर्सामा भव्य स्वागत



काठमाडौं, १४ पुस । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा भव्य स्वागत गरिएको छ । पार्टीको कार्यक्रममा पुगेका ओलीले आजको कार्यक्रममा करिब ५ हजार नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएको बताइएको छ ।

प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टर एनए ०६७ अगुस्टाबाट पर्सा पुगेका थिए । उनी आजै अपरान्ह काठमाडौं फर्किने कार्यतालिका छ । ओलीले पर्साको सखुवा प्रसौंनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप लगायत एमाले प्रवेश गराएका छन् ।

जयसवाल यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालमा थिए । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतो, नेकपा (माओवादी केन्द्र) र नेपाली काङ्ग्रेसबाट पनि एमालेमा प्रवेश गरेका छन् ।

पर्सा-३ बाट निर्वाचित सांसद तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको नेतृत्वमा ओलीलाई १८० किलोको मालाले अभिनन्दन गरिएको एमाले पर्साले जनाएको छ ।

कार्यक्रममा एमालेको मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, नेताहरू पुरुषोत्तम पौडेल, हरि उप्रेती, प्रभु हजारा सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह, मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्री सरोज यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाललगायत सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्