Logo

जसपा नेपालको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा सुरेन्द्र यादव निर्वाचित



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा.सुरेन्द्र यादव निर्वाचित भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार बसेको विभागको बैठकले डा. यादवलाई सर्वसम्मतिले प्रमुखमा चयन गरेको हो ।

जसपा नेपालका महासचिव रामकुमार शर्मा र केन्द्रीय सचिव शैलेन्द्र साहको उपस्थितिमा आयोजित सो बैठकले विभागको उप प्रमुखमा डा.अब्दुल कलाम अन्सारीलाई मनोनित गरेको छ । विभागको सचिव र अन्य पदाधिकारी लगायत सदस्यहरु चयन गर्न आजै साझ काठमाडौंमा विभागको बैठक बसेर टुंग्याउने बताइएको छ ।

यसैगरी १३ सदस्यीय विभागको सदस्यमा डा। कविता साह, राजेश प्रसाद यादव, पवित्र नारायण यादव र प्रभाकर सिंहलाई मनोनित गरिएको छ । जसपा नेपालमा आवद्ध चिकित्सक, स्वास्थ्यकर्मी, शुभचिन्तकको राष्ट्रिय भेला यही माघको मसान्तमा आयोजना गरिने विभागका प्रमुख डा। यादवले बताए ।



प्रतिक्रिया दिनुहोस्