काठमाडौं । राष्ट्रिय च्याउ दिवस -२०८१ भव्यरुपमा मनाईएको छ । च्याउ उत्पादक किसान महासंघले आज विविध कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो । दिवसको अवसरमा महासंघले काठमाडौंको भृकुटीमण्डपमा विभिन्न कार्यक्रमको आयोजना गरि महोत्सव आयोजना गरिएको छ ।
संघले २०७६ सालमा मेची महाकाली राष्ट्रिय च्याउ जागरण अभियान पनि चलाएको थियो । जागरण अभियानले च्याउका परिकारको प्रयोग र विविध ज्ञान बढाएको संघले जनाएको छ ।
सो अभियान हेटौडामा आएपछि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री दावादोर्जे लामाले राष्ट्रिय च्याउ दिवस घोषणा गरेका थिए । सो समयदेखि सङ्घले हरेक बर्ष पुस १५ गते च्याउ दिवस मनाउँदै आएको छ।
तस्बिर सबै: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल