Logo

‘फादर अफ एन्टिकरप्सन’ ले चिनिएका जंगम सहकारी ठगीको पैसा तिरेर छुटे



काठमाडौं, १५ पुस । सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरत जंगम रिहा भएका छन् । काठमाडौंको बानेश्वरस्थित रहेको साई स्वागत सहकारी ठगीमा जोडिएका उनी गत हप्ता पक्राउ परेका थिए । साई स्वागत सहकारीको १ करोड ६ लाख ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

सहकारी ठगीमा मिलापत्र गर्न सकिने सरकारको नीतिबमोजिम उनी ‘गुड फर पेमेन्ट’ चेक दिएर रिहा भएका हुन् । जंगम ‘फादर अफ एन्टिकरप्सन’ का रुपमा चिनिन्थे । सुशासनका ठूला–ठूला भाषण गर्ने जंगम अन्ततः सहकारी ठगीमा पक्राउ गरेर पैसा तिरेपछि उनको मुखुन्डो उत्रिएको छ ।

स्मररण रहोस्, त्रिभुव विश्वविद्यालयको मानविकी संकाय, स्नातकोत्तर तहमा पढाइ हुने ‘पब्लिक पोलिसी गभर्नेन्स एण्ड एन्टिकरप्सन स्टडिज’ जंगमकै आईडियामा डिजाइन गरिएको कोर्ष हो ।



प्रतिक्रिया दिनुहोस्