Logo

माधवको पार्टी प्रवेश गर्न वामदेवलाई हतारो



काठमाडौं, १५ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमबीच भेटवार्ता भएको छ।आज (सोमबार) एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल–गौतमबीच भेटवार्ता भएको हो।

पछिल्लो समय नेता नेपाल–गौतमबीच भेटवार्ता बाक्लिएको छ । नेता गौतम एकीकृत समाजवादी प्रवेश गर्ने तयारीमा छन् । गौतमलाई एकीकृत समाजवादीमा तेस्रो बरियतासहित वरिष्ठ नेता बनाइने बताइएको छ ।

एकीकृत समाजवादीमा प्रवेश गर्न नेता गौतमले शर्त अगाडि सारेका छन् । जननेता मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ लाई पार्टीले स्वीकार गरेर अगाडि बढ्नुपर्ने उनको शर्त छ । तर, पार्टीको दोस्रो बरियतामा रहेका सम्मानित नेता झलनाथ खनाल भने जबजको विरुद्धमा छन् ।



प्रतिक्रिया दिनुहोस्