Logo

माओवादीको स्पष्टोक्तिः ‘शेरा दरबार’ प्रकरणमा प्रचण्डलाई जोडेर प्रचार गर्नुको कुनै आधार छैन



काठमाडौं, १५ पुस । नेकपा (माअ‍ोवादी केन्द्र) ले नुवाकोटको शेरा दरबार प्रकरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जोडेर प्रचार गर्नुको कुनै आधार नरहेको बताएको छ । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रचण्डको नाम जोडेर भइरहेको प्रचारप्रति आफूहरुको ध्यानाकार्षण भएको बताएका छन् । उनले उक्त प्रकरणमा मुख्य व्यक्ति भनिएका विकेश श्रेष्ठ पार्टीको कुनै जिम्मेवारी र गतिविधिमा संलग्न रहेको बताएका छन् ।

केही सञ्चारमाध्यममा प्रकाशित नुवाकोटको ‘शेरा दरबार’ जग्गा प्रकरणमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको नाम जोडेर भइरहेको प्रचारबाजीप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस प्रकरणमा पार्टी अध्यक्षलाई जोडेर प्रचार गर्नुको कुनै आधार छैन। जग्गा प्रकरणका मुख्य भनिएका व्यक्ती विकेश श्रेष्ठ पार्टीको कुनै जिम्मेवारीमा पनि छैनन् र पार्टीको कुनै गतिविधिमा पनि संलग्न छैनन्,’– सापकोटाले भनेका छन् ।

साथै, प्रमाण र सत्य तथ्यका आधारमा हुने कानुनी कारबाहीमा माओवादीको कुनै असहमती नरहने पनि प्रवक्ता सापकोटाले बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्