काठमाडौं । दम बढेपछि अस्पताल भर्ना भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । गत १५ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको शुक्रबार स्वास्थ्यमा समस्या थपिएपछि आईसीयूमा सारिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
त्यसअघि उनलाई अस्पतालको एनेक्स टु क्याबिनमा राखिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार ७८ वर्षीय वैद्यको छातीमा संक्रमण र दमको समस्या छ ।
वैद्य बिरामी भएर अस्पताल भर्ना भएपछि कार्यवाहक महासचिवको जिम्मेवारी बरिष्ठ नेता सीपी गजुरेलले पाएका छन् । उनी ठीक नहुञ्जेलसम्म गजुरेलले काम गर्नेगरि जिम्मेवारी तोकेको पार्टीले जनाएको छ ।