Logo

सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानविन हुनुपर्छः कांग्रेस नेता महर (भिडिओसहित)



काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले २०१७ सालपछि सार्वजनिक पद धारण गरेर अकुत सम्पत्ति कमाएकाहरुलाई छानविनको दायरामा ल्याउनुपर्ने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनताले प्रश्न उठाएका र जीवनशैलीमाथि प्रश्न उठेका सबै नेता तथा सार्वजनिक पद धारण गरेकाहरु छानविनको दायरामा आउनुपर्ने बताएका हुन् ।

‘सार्वजनिक पद धारण गरेका, सार्वजनिक स्रोत र साधनमा हालिमुहाली गरेका हरेक व्यक्तिको, २०१७ सालपछिका सबै व्यक्तिको सम्पत्ति छानविन हुनुपर्छ । उनीहरुलाई सम्पत्ति छानविनको दायरामा ल्याएर जनताले ज–जसप्रति प्रश्न उठाएका छन्, ज–जसको जीवनप्रति प्रश्न उठाएका छन्, ती सबै छानविनको दायरामा आएर उनीहरुलाई प्रक्रिया ल्याउनुपर्छ भन्ने मैले उठाएको छु । आजसम्म पुरा भएको छैन । यसले समय लिएपनि पूरा हुन्छ,’– उनले भने ।

साथै, बिपी कोइरालाले लिएको नीतिमा कांग्रेस हिँड्न नसकेको उनले बताए । पार्टीलाई विपीको नीतिमा हिँडाउन सबै लाग्नुपर्ने उनको भनाइ छ । आफूहरु विपीको नीतिमा अडिगक रहेको दाबी गर्दै यो देश समृद्ध बनाउने संकल्पका साथ अगाडि बढिरहेको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्