काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
दिउँसो ४ बजे सिंहदबारमा मन्त्रिपरिषद बैठक बोलाएका हुन् । सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गर्दछ । सोमबार सार्वजनिक बिदा परेको हुँदा आजका लागि बैठक डाकिएको बताईएको छ ।
बैठकका एजेण्डा भने सार्वजनिक भएका छैनन् । केही सरुवा र नियुक्तिलगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।